जन्मभुमि खबर ,
पोखरा ।
कर्मचारी र व्यवसायीलाई हातपात गरेर पक्राउ परेका पोखरा महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन म्याद थप गरिएको छ ।
वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए । यस्तै, सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए ।
सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको थियो ।
सम्बन्धित समाचारहरु –
कर्मचारी र व्यवसायीलाई कुट्ने पोखरा महानगरका वडाध्यक्ष पक्राउ
वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प ( भिडियो सहित )
पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्षले कुटे व्यवसायी