जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्षले कुटे व्यवसायी

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि हातपात गरेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

वडाध्यक्ष पराजुलीले नै बिहान महानगरपालिका प्रशासन शाखामा कार्यरत अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका हुन् ।

तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए ।

यस विषयमा अध्यक्ष पराजुलीले भने आफुमाथि आक्रमण गरेपछि प्रतिरक्षामात्र गरेको बताए ।

पसल सन्चालकले नियम कानून मान्नुकोसाटो फुटपाथसमेत अतिक्रमण गरेपछि सम्झाउन गएको उनको भनाई छ ।

‘मैले मापदण्डका विषयमा कुरा गर्दा नाकमा घोच्ने,पेटमा घोच्ने गर्दै अघि बढेपछि प्रतिरक्षा गरेकोमात्र हुँ’ पराजुलीले  भने ‘म माओवादी हुँ, तेरो कार्यकाल २ वर्ष होइन र? भन्दै आक्रमणमा उत्रिएपछि प्रतिरक्षामात्र गरेको पराजुलीको भनाइ छ  ।’

पराजुली नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन ।