पोखराको फिर्केखोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्वीरहरू)
फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानले बिहीबारदेखि पुनः निरन्तरता पाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।
२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।
बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले बताए । संरचना हटाएर खोला घर खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले सुनाए ।
महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।
-1790845428.jpg)
-1790845425.jpg)
-1790845423.jpg)
-1790845418.jpg)
-1790845413.jpg)
-1790845413.jpg)
-1790845408.jpg)
-1790845408.jpg)
-1790845397.jpg)
-1790845397.jpg)

