जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लोक कल्याणकारी सहकारीमा पहारी

रमेश पोख्रेल ,
पोखरा ।

पोखरा २१ कृस्ती स्थित फुर्सेखोलामा स्थापित लोक कल्याणकारी बचत तथा ऋण सहकारी सस्थाको १६ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले विष्णु प्रसाद पहारिको अध्यक्षतामा नौ सदस्यीय कार्य समिती सर्वसम्बत चयन गरेको छ ।

जसको उपाध्यक्षमा मन्जु कुमारी महत, सचिवमा लेखनाथ पहारी ,कोषाध्यक्षमा रामचन्द्र पहारी ,सह कोषाध्यक्षमा गुरु प्रसाद सुवेदी , सदस्यहरुमा सृजना पोख्रेल ,बिमला भुजेल, बासुदेव सिग्देल र भरत भण्डारी रहेका छन् ।

त्यसै गरि झपिन्द्र राज रेग्मी संयोज र श्रीराम सुवेदी,सुर्य प्रसाद पौडेल सदस्य रहेको निर्वाचन समितिले ऋषिराम सुवेदीको संयोजक सुकदेव पहारी र मुना सुवेदी रहने गरि तीन सदस्यीय लेखा समिती पनि चयन गरेको छ ।

आइतबार सम्पन्न सभामा अध्यक्षको प्रतिवेदन पुर्णदिप सिग्देल , सचीवको प्रतिबेदन लेखनाथ पहारी ,कोषाध्यक्षको रामचन्द्र पहारी, लेखा समितिको प्रतिबेदनहरु क्रमश प्रस्तुत गरेका थिए ।

शेयर सदस्य तथा पोखरा२१ का वार्ड अध्यक्ष दिपक प्रसाद सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भयको सभामा जेष्ठ सदस्य, पढाईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोरा छोरी , उत्कृष्ट बचतकर्ता समेत लाई सम्मान गरिएको थियो ।