जन्मभुमि खबर ,
पोखरा ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा “रचक” सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले थापाको अध्यक्षतमा नयाँ सञ्चालक समिति र लेखा समिति सर्वसम्मत चयन गरेको हो ।
आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले निर्वाचन समितिले नयाँ नेतृत्व सर्वविरोध निर्वाचित भएको घोषणा गरेको छ । समितिको उपाध्यक्षमा सुनिलप्रसाद अर्याल, सचिवमा युमाया पुन पचभैया र कोषाध्यक्षमा पदमप्रसाद पोखरेल चयन भएका छन् ।
यसैगरी सञ्चालक समितिको सदस्यहरूमा रमेशकुमार पौडेल, गिरीराज पोखरेल, इन्दिरा कँडेल, निर्मला विक र अनुपमान कर्माचार्य निर्वाचित भएका छन् ।
अधिवेशनले सहकारीको लेखा समिति संयोजकमा दामोदर बस्याललाई सर्वसम्मत चयन गरेको छ। समिति सदस्यहरूमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चुनिएका छन् ।