जन्मभुमि खबर ,
पोखरा ।
प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व कार्तिक कृष्णत्रयोदशी देखि सुरु भई कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ ।
बिहान सूर्योदय कालमा त्रयोदशी भएकोले शास्त्रसम्मत रूपमा आज आइतबार काग तिहार पर्व मनाइन्छ । कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।
ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।
अर्थात तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ । तपाईँ वायुपतिका शक्ति (हवा वा गति)सँग सम्बन्धित हुनुहुन्छ । हे महामान्य व्यक्ति ÷ हे बुद्धिमान् यहाँ म (दान-आहार-बलिदान) लिएर तपाईँलाई अर्पण गर्छु । मलाई यम (मृत्यु) का सङ्कटबाट मलाई बचाउनुहोस् भनी कागलाई सम्झनु पर्दछ वा खाना दिनु पर्दछ ।
आजको दिन कागेश्वरी मनोहरा महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरि हनुमानढोकस्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ ।