जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मंसिर १ देखि किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगितामा गण्डकी प्रदेश, कोसी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगितामा सहभागिता रहने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

एउटा टिमले तीनजना विदेशी खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने  आयोजकले बताएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।