जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बेलुन विस्फोट घटनाको छानबिन गर्न माग

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार पोखरा भ्रमण वर्ष, २०२५’ को लोगो अनावरणका क्रममा बेलुन पड्कँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिनको माग गरेका हुन् ।

“यो घटना किन घट्यो ? कसको कमजोरीले भयो भन्नेमा छानबिन हुनुपर्छ । यस्ता घटनाको पुनरावृत्ति हुन नपाओस्, यसको सुनिश्चितता हुनुपर्छ,” उनले भने ।

बडूले पौडेल र आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे । आजको बैठकमा सांसदहरूले स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटना हुन नदिन सचेतता अपनाउनुपर्ने बताएका छन् ।