जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका –०५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १४:५० बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

उक्त दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का नामथर र वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष दुवै जना गम्भीर घाइते भएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।

दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।