जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पिकनिकबाट फर्किंदै गरेको शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ। यस अघि मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशा‌ङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो ।

३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए। पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो। बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो ।