जन्मभुमि खबर ,
पोखरा ।
तनहुँमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र. ०६-००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको ट्रिपरले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालामा ठक्कर दिंदा मोटरसाइकल चालकको निधन भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका-७ बस्ने ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
मध्यान्ह १२ बजे भएको दुर्घटनामा घाइते सेनलाई उपचारार्थ प्रदेश अस्पताल दमौली पुर्याइएकोमा १२ . ४३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका जनाएको छ।