जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट हराएको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

असोज ३० गते राति करिब १० बजे सीतापाइलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको थियो ।

मोटरसाइकल चोरीको सूचना पाएपछि प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडामा मोटरसाइकल फेला पारेको थियो ।

मोटरसाइकल पोखरा महानगरपालिका–७, मासबार निवासी ३१ वर्षीय सागर गुरुङले चलाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।