जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जल्धारे टोल विकास संस्थाद्वारा चाडपर्व लक्षित सरसफाइ अभियान सम्पन्न

जन्मभुमि खबर ,

पोखरा ।

जल्धारे टोल विकास संस्थाले ‘आफ्नो टोल सफा राखौँ’ भन्ने उद्देश्यका साथ चाडपर्व लक्षित सरसफाइ अभियान सम्पन्न गरेको छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त अभियानमा संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । अभियानमा करिब ८० जना सदस्य सहभागी भई टोलको सरसफाइमा जुटेका थिए ।

संस्थाका अध्यक्ष महेन्द्र ढुंगानाको नेतृत्वमा सञ्चालन गरिएको अभियानले टोलको वातावरण स्वच्छ राख्नुका साथै स्थानीयवासीमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । उनले वडादशै तथा तिहार, नेपाल संवत र छठ पर्व शुभकामना व्यक्त गरे ।

२०६१ सालमा स्थापना भएको जल्धारे टोल विकास संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

संस्थाले टोलको विकास, सामाजिक उत्तरदायित्व तथा सामुदायिक हितका कार्यलाई प्राथमिकता दिँदै आएको छ ।
चाडपर्वको समयमा टोल तथा सार्वजनिक क्षेत्रलाई सफा र स्वच्छ राख्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले स्थानीयस्तरमा सरसफाइप्रतिको जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।