जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पोखरा १० बुद्धचोकमा बुधबार दिउँसो भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । घाइते चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ५ निवासी २५ वर्षीय नवराज दर्जी रहेका छन ।
प्रहरीका अनुसार दिउँसो १२:५० बजे पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मा लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।