पोखरामा पर्यटकीय चहलपहल बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।