एमालेका उपाध्यक्ष पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप
जन्मभुमि खबर ,
पोखरा ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ ।
सोमबार विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुन्धान जारी रहेकोले हिरासतमा राख्न विभागले अनुमति माग गरेको थियो ।
यसअघि असार २४ मा पाँच दिन म्याद थप गरिएको थियो । पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।