पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा
जन्मभुमि खबर ,
पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।
उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोप छ ।
उनीहरूसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस भएको र अध्ययनकै क्रममा रहेको विशेष अदालतका रजिष्ट्रार बेदराज उप्रेतीले जानकारी दिए ।
उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम पनि प्रतिवादीको सूचीमा छ ।
पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई प्रतिवादी बनाएको छ ।
विराटनगरको सार्वजनिक जग्गा जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी छ । भ्रष्टाचारमा ७३ करोड ४९ लाख विगो दाबी गरिएको छ ।
२०६६ मंसिर १६ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले छुट पाएको जग्गामा हानिनोक्सानी भएको दाबी अख्तियारले लिएको छ ।
को-को छन् प्रतिवादी हेर्नुस् अख्तियारको विज्ञप्ति-