गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान , २०८३ सालमा तीन दिन सार्वजनिक बिदा दिने
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चैत ८ गते आइतबार दिउँसो १ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।
यसैगरी ,
गण्डकी प्रदेशले २०८३ सालमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार (चैत ३) बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
भानु जयन्ती, कोजाग्रत पूर्णिमा र प्रदेश स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । सरकारले यो वर्ष चारवटा सार्वजनिक बिदा दिएको थियो । अर्को वर्ष भने बिदा कटौती गरिएको हो ।