सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा
जन्मभुमि खबर ,
पोखरा ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु! जय माटो! जय देश!’
उनी श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय भइरहेका छन्। अहिले देशका विभिन्न ठाउँमा पुगेर संगठन विस्तार गरिरहेका छन्।
गत २०७९ सालको निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचन भएका थिए। अहिले राईले जसपा नेपाललाई विभाजित गरेर जसपा बनाएका छन्।