जन्मभुमि खबर ,
पोखरा ।
जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।
घाइते अवस्थामा सिभिल अस्पताल पुर्याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।