जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘जेन जी’पुस्ताले आज पोखरामा प्रदर्शन गर्ने 

जन्मभुमि खबर ,
पोखरा ।

अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कस्ले गर्ने’ भन्ने नारासहित ‘जेन जी’ पुस्ताले  भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध सोमबार पोखरामा पनि प्रदर्शन गर्ने भएका छन् ।

पोरखेली युवाहरू नाम दिएर ‘जेन जी’का युवा पुस्ताले सोमबार पोखराको मुख्य बजार न्युरोडस्थित सभागृह चोकमा भ्रष्टाचारसँगै सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध प्रदर्शन गर्ने भएका हुन् ।

प्रदर्शनमा दुई हजारभन्दा बढी युवा सहभागी हुने अपेक्षा रहेको उनले बताइएको छ । विरोध प्रदर्शन शान्तिपूर्ण हुने र विद्यार्थीहरू सबै आ–आफ्नो विद्यालय, क्लेजको पहिरनमा आउने उनले बताए । विरोध कार्यक्रममा आफूहरूले अपेक्षा गरेजति युवाहरु जम्मा भए सभागृह चोकबाट र्याली निकालेर सृजनाचोक, रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालय अघि गएर कोणसभा गर्ने नभए सभागृह चोकबाट र्‍याली निकालेर सृजनाचोकमा आएर कोण सभा गरि सम्पन्न गरिने उनले बताए ।