जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई थुनामै राख्न आदेश

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेलाई रिहा गर्न माग गर्दै दायर गरिएको निवेदन खारेज गर्दै थुनामै पठाउने आदेश दिएको हो ।

लामिछानेले साउन १९ गते बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका थिए । तर आज भएको सुनुवाइपछि अदालतले उनको माग अस्वीकार गर्दै थुनामै पठाउने निर्णय सुनाएको हो ।

अब उनीविरुद्ध मुद्दाको पुर्पक्षमा थुनैबाट प्रक्रिया अगाडि बढ्नेछ । अदालतको आदेशसँगै लामिछाने पक्षको रिहाइको प्रयास तत्कालका लागि असफल भएको छ ।