जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र पोखरा वडा नम्बर २१ वीच सहकार्य सम्बन्धी सम्झौता

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र पोखरा महानगर पालिका वडा नं. २१ को कार्यालय उच्च शिक्षा का सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भविष्य निर्माण मा.वि.को प्राङ्गणमा भएको उक्त कार्यक्रममा सो विद्यालयबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुको लागि उच्च शिक्षाको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पोखरा म.न.पा. वडा नं. २१ का अध्यक्ष दिपकप्रसाद सुवेदीले विद्यालयले सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा विद्यालय प्रति बधाईं ज्ञापन गरेका थिए , साथै उनले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समुदायबाट सञ्चालित भएको, छिमेकीको रुपमा उच्च शिक्षा प्रदान गर्दै आएको तथा पारिवारीक वातावरण भएकाले विषय मिले सम्म उक्त क्याम्पसमा अध्ययन गर्नका लागि प्रोत्साहन गरेका थिए ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसले समुदायसँग सहकार्य गरी सामुदायिक रुपमा अघि बढेको बताउनु भएको थियो । साथै उहाँले विद्यार्थीलाई स्वरोजगार तथा आर्थिकोपार्जनका लागि क्याम्पसले समय समयमा विभिन्न जिवनउपयोगी तालिम प्रदान गर्दै आएको बताए ।

विद्यालयका पूर्व अध्यक्ष कमलकुमार भुजेलले कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा विद्यालयलाई बधाईं ज्ञापन गर्नुभएको थियो । उहाँले क्याम्पस र विद्यालय वीच विगतबाट सुमधुर सम्बन्ध भएको तथा भविष्य निर्माण मा.वि.का विद्यार्थीले गुप्तेश्वर क्याम्पसमा सफलता पूर्वक उच्च शिक्षा प्राप्त गर्न सफल भएको कुरा भएको थियो । भने क्याम्पस प्रमुख धर्मराज बरालले उच्च शिक्षा तथा क्याम्पसमा सञ्चालित कार्यक्रमको बारेमा समजीकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै भविष्य निर्माण मा.वि. का अध्यक्ष प्रकाश सुवेदीले विद्यार्थी तथा शिक्षकलाई उत्कृष्ट नतिजा प्रदान गर्न सकेकोमा बधाई ज्ञापन गरेका थिए । उनले विद्यालय र क्याम्पस विच शिक्षाको बारेमा सहकार्य गर्दै अघि बढ्ने कुरा बताए । कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई गुप्तेश्वर क्याम्पसमा उच्च शिक्षा प्राप्त गर्नका लागि सुझाउनु भएको थियो ।

विद्यालयको प्रधानाध्यापक प्रकाश शर्मा रेग्मीले स्वागत् मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकृष्ण कार्कीले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु दुर्गा थापा, सीता थापा, थमनबहादुर थापा तथा शिक्षक अभिभावक संघका अध्यक्ष विमला थापा साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदी लगायत शिक्षक, विद्यार्थी एवम् अभिभावकको उपस्थिति रहेको थियो ।