जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मलाई इन्काउन्टर गर्ने योजना थाहा पाएर भागे : दुर्गा प्रसाईं , दल खोल्ने घोषणा

जन्मभुमि खबर ,

पोखरा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् ।

आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे ।

‘म राजनीतिक चेत बोकेको एक सफल व्यवसायी हुँ । देशको वर्तमान अवस्था देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न शान्ति र अमनचयनको अनुभूति मैले गर्न सकिन । मेरा लागि म र परिवार भन्दा पनि नेपाल र नेपाली प्राथमिकताका विषय बन्न पुगेका छन् । तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।

प्रसाईंले आफूलाई राज्यले नै सिध्याउन खोजेको आरोप लगाउँदै आफ्नो हत्या प्रयासलाई नेपालको इतिहासका दुई चर्चित र रहस्यमय मृत्युसँग जोडेका छन्।

उनले नेता मदन भण्डारी र तत्कालीन राजा वीरेन्द्रको हत्या जसरी नै आफूलाई पनि ‘इन्काउन्टर’ मा मार्ने षड्यन्त्र भएको दाबी गरेका हुन्।

प्रसाईंले , ‘मदन भण्डारी बाँचेको भए अरूको चान्स आउँदैनथ्यो, त्यसैले मारियो। राजा वीरेन्द्रलाई नमारेको भए यो देशमा धर्म निरपेक्ष बनाउन पाइँदैनथ्यो, त्यसैले मूर्ति नै फ्याँकियो। मलाई पनि त्यसैगरी मार्ने योजना थियो।’

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले तीनकुनेमा आफूलाई मार्ने उद्देश्यले नै गोली चलाइएको र त्यो राज्य संरक्षित घुसपैठ भएको आरोप लगाए। ‘मलाई मार्ने योजना छ भन्ने थाहा हुँदाहुँदै म गएको हुँ,’ उनले भने, ‘त्यहाँ म पुग्नुभन्दा ४५ मिनेट अघिदेखि गोली चलिरहेको थियो।’

‘घुसपैठ हुन्छ भन्ने थाहा थियो’

प्रसाईंले आफूलाई अघिल्लो राति नै कार्यक्रममा ‘घुसपैठ हुन्छ र तपाईंलाई मार्ने योजना छ’ भनेर सूचना आएको दाबी गरे। ‘तर पनि म गएँ, किनकि मैले नजाउ भनेको भए भोलि कोही आउँदैनथ्यो,’ उनले भने।

उनले आफ्नो अभियानले सत्तामा रहेकाहरूलाई डर पैदा गराएको र त्यही डरका कारण आफूलाई भौतिक रूपमै समाप्त पार्न खोजिएको बताए। ‘राज्यसत्ता हामीसँग डरायो,’ उनले भने, ‘जो नयाँ आउँछ, त्योसँग राज्यसत्ता डराउँछ।’