जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोमा पुरिएर म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु , पाँच जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन्।

आज दिउँसो  गएको पहिरोको ढुङ्गा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नीरिक्षक सुचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,” उनले भने, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”