जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनाङ प्रदेश सभा २ मा कार्तिक १७ गते नै उपनिर्वाचन हुने

जन्मभुमि खबर ,

पोखरा ।

निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कार्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ ।

यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो ।

सोही कारण आयोगले रुपन्दही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।

सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कार्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।

सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ’, भण्डारीले भने, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कार्तिक १७ गते नै उपनिर्वाचन हुन्छ ।’

यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।