जन्मभुमि खबर ,
पोखरा ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दसैँको नवौँ दिन आश्विनशुक्ल नवमी तिथिमा देवी सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारीका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।
काठमाडौँ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बंगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।
यसैगरी, पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, कंकालिनी, सखडा भगवती, कालिञ्चोक भगवती,पाल्चोक पलाञ्चोक, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङकालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी, गह्रौँकालिका, दुर्लुङकोट, बाग्लुङ कालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी, बागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजा आराधना गरिँदैछ ।