बागलुङमा विद्यार्थी बोकेको क्याम्पसको भ्यान पल्टिदा, ७ जना घाइते
जन्मभुमि खबर ,
पोखरा ।
बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिरनजिकै शुक्रबार बिहान गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।
हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
घाइते हुनेमा भ्यान चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्री, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा छन् ।
घाइते विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मन बहादुर कार्कीले जानकारी दिए।