जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका सडकमा पनि बोर्डिङका स्कुल बसको लाइन ( तस्बिर सहित )

जन्मभुमि खबर ,

पोखरा ।

बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् । उनीहरूले कालो झन्डा र ब्यानरसहित स्कुल बसहरूको र्‍याली निकालेका हुन् । शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएको भन्दै प्याब्सन, एनप्याब्सनअन्तर्गतका बोर्डिङ स्कुलहरू विरोधमा उत्रिएका हुन् ।

पोखराको चार ठाउँमा उनीहरूले बसको र्‍याली गरेका छन् । पोखरा सहिदचोकबाट सुरु भएको र्‍याली मुस्ताङचोक, विरौटा, लेकसाइड, जिरो, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः सहिद चोकमा गएर सकिएको थियो । पोखराकै लेखनाथ, अमरसिंह चोक र हरिचोकमा पनि र्‍याली गरिएको थियो ।