जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सहारा क्लबले फेरि पनि समाजसेवाको यात्रामा एउटा महत्वपूर्ण कदम चालेको छ। आज क्लबमा आयोजित एक समारोहमा सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो ।
साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा संस्थाहरू — सहारा युके, हङकङ र अष्ट्रेलियाका लागि एजी एक्सप्रेसले १० प्रतिशत छुट दिनेछ। क्लवका अध्यक्ष अध्यक्ष बरालले सहकार्यलाई क्लबको सामाजिक अभियानमा थप ऊर्जा दिने विव्वास व्यक्त गर्नु भयो । यस्ता साझेदारीबाट क्लब अझ बलियो हुँदै जाने उहाँले जनाउनु भयो । सहारा आवासीय एकेडेमीका बालबालिकाको शिक्षा र पुनःस्थापनामा यस्ता अभियानले प्रत्यक्ष लाभ पुग्ने क्लवले विश्वास गरेको छ ।
एजी एक्सप्रेसका तुलसी उप्रेतीले अहिले २० देशमा सेवा दिइरहेका बताउनु भयो । कम्पनीको वार्षिक कारोबार करिब २० टन रहेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आवश्यक परे आपसी सहमतिमा थप गर्न सकिने उल्लेख छ। कार्यक्रममा सहारा हङकङका संस्थापक अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, पोखरा प्रतिनिधि रजत आचार्य, क्लबका पूर्व अध्यक्षहरू हरिराम गुरुङ, विरभद्र आचार्य, बिक्रम थकाली लगायतको उपस्थिति थियो। यो सम्झौता आउँदो आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि लागू हुनेछ।