जन्मभुमि खबर ,
पोखरा ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई नियन्त्रणमा लिएको छ ।
पोखराबाट खटिएको अख्तियारका टोलीले पौडेललाई ७ हजार घुससहित मंगलबार नियन्त्रणमा लिएको हो ।
उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नियन्त्रणमा लिइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
‘पौडेलले घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएका हौं,’ उनले भने ।
यसबारे अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।