जन्मभुमि खबर ,
पोखरा ।
सिन्धुलीबाट बेपत्ता भएको हायु परिवार पोखरामा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय सिसुवा, कास्कीका इन्स्पेक्टर हरि सलामी मगरका अनुसार उनीहरू सोमबार राति पोखरा महानगरपालिका-३० मा भेटिएका हुन् ।
‘परिवार फेला परेको छ। बाँकी बुझ्दैछौं,’ उनले भने ।
सुरूमा सिन्धुलीबाट हायु परिवारका १६ जना बेपत्ता भएको भनिएको थियो । तर हराएको सूचीमा नाम भएकी माइली छोरी प्रहरीको सम्पर्कमा आएकी थिइन् ।
परिवारकी माइली छोरी सुजता हायू सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका हुन् । उनका अनुसार सुजता उनका श्रीमान आयूष श्रेष्ठसँग केही महिनादेखि नै काठमाडौंमा बस्दै आएकी थिइन् ।
तर हराएको सूचीमा सुजताको नाम पनि थियो। गाउँलेहरूले उनको पनि नाम जोडे पनि गाउँको घरमा उनी नभएको प्रहरी अनुसन्धानमा खुलेको हो ।
सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी थिइन् ।
सम्बन्धित समाचार