जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा घुम्न आउने पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै हैरानी दिने पाँच जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई होटल मिलाइदिने भन्दै हैरान बनाउनेहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनावश्यक हैरानी दिएको आरोपमा ५ जना पक्राउ परेका हुन् ।

कास्की प्रहरीले पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको स्वीप अप्रेसनका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

बस तथा सवारीसाधनबाट झर्ने यात्रु र पर्यटकहरूलाई सस्तोमा होटल मिलाइदिन्छु भन्दै जबरजस्ती झोला तान्ने, होटल जान करकाप गर्ने तथा अनावश्यक हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।
पोखरामा आउने पाहुनाहरूको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
सबै जनामाथि अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पासवानले बताए ।