जन्मभुमि खबर ,
पोखरा ।
बरिष्ठ टेलिभिजन पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा अदालतबाट पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारि गरेको हो ।
काठमाडौं साइइबर ब्यूरोले जिल्ला अदालतबाट काठमाडौंबाट पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति पाएको ब्यूरोका एक अधिकृतले जानकारी दिए । वरिष्ठ पत्रकार पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिइएको बताइएको छ । पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको बताइएको छ ।