जन्मभुमि खबर ,
पोखरा।
पोखरा महानगरपालिका–३१ स्थित माझीकुनामा रहेको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ ।
गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । पोखरा भ्रमणमा रहेका श्रेष्ठ लेकवेभ होटलमा बस्दै आएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे बेपत्ता श्रेष्ठको शव फेला पारेको हो ।
उक्त टोलीले करिब ३५ फिट गहिराइमा खोजी गर्दै श्रेष्ठको शव निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।