जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सर्वसाधारण तथा पर्यटकहरूलाई दुःख-हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा चलाइएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सार्वजनिक सवारी साधनमा जबरजस्ती चढाउन खोज्ने, होटल मिलाइदिन्छु भन्दै झोला तान्ने र करकाप गर्ने ६ जना, अफलाइन पठाओ तथा ई-ड्राइभका ८ जना चालक र १ जना बोलेरो जिप चालकलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सबै १५ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।