पोखरामा हथौडाले हानेर एक युवककाे हत्या
जन्मभुमि खबर ,
पाेखरामा साेमबार बिहान एकजना युवककाे हत्या भएको छ। पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरकाे युवकको शव फेला परेकाे हाे ।
मृतककाे सनाखत हुन सकेकाे छैन। घटनास्थलमा हथाैडा फेला परेकाे हुनाले हत्या गरी फरार भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ ।