जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोटरसाईकल दुर्घटनामा पत्रकार बास्तोलाको निधन

जन्मभुमि खबर ,

पोखरा ।

पत्रकार एवम् युवा नेता देवेन्द्र बास्तोलाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।

शनिबार लेखनाथ तालवेंसीमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय बास्तोलाको निधन भएको हो ।

पोखरामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । पछिल्लो समय पोखरा–५ मा रहेको रेडियो सार्थकमा उनले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका थिए ।

पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थामा सचिवमा कार्यरत उनले मणिपाल शिक्षण अस्पतालमा पनि काम गरेका थिए । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।

उनका आमा, श्रीमती र एक छोरा छन् ।