जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवरूद्ध नारायणघाट-मुग्लिन सडक दुईतर्फी खुल्यो

जन्मभुमि खबर ,

पोखरा ।

नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आइतबार विहान इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको थियो ।

सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।