जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनकामना दर्शन गर्न आएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको मृत्यु भएको हो।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।