जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पौडी खेल्ने क्रममा त्रिशूली नदीमा तनहुँकि एक बालिका बेपत्ता

जन्मभुमि खबर ,
पोखरा ।

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छन् । बिहीबार साँझ तनहुँको देवघाट गाउँपालिका–५, ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा ११ वर्षीया सृष्टि गुरुङ बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको टोली परिचालना गरिउको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा टोलीले आज बिहान ११ बजेदेखि खोजी गरिरहेको छ ।