जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य ७०० रुपैयाँले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार, आज सुन प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।