जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको शान्ति स्तुप नजिकै नगर माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको शान्ति स्तूपबाट छोरेपाटन तिर फर्किँदै गरेको माइक्रो बस दहरा घुम्ती नजिकै दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ , बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।