जन्मभुमि खबर ,
पोखरा ।
भारतबाट आएका धार्मिक पर्यटक सवार बस दुर्घटना हुँदा घाइतेमध्ये दुईजनाको अवस्था छ ।
भारतीय नागरिक ६५ वर्षीय रेखा साहु र ६१ वर्षका कोमलराम साहुको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ ।
उनीहरूको चरक अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बुधबार पुम्दीकोटमा रहेको शिवको मूर्ति दर्शनपश्चात् उनीहरु शान्ति स्तूप हुँदै पोखरा फर्किँदै थिए ।
शान्ति स्तूपमा रहेको बसपार्कभन्दा केही तलको ओरालोमा बस मोडिन नसकी सिधै तल खस्न पुगेका थियो ।
उक्त बसमा २६ जना सवार थिए । दुर्घटनामा सामान्य घाइते बनेका अन्य भारतीयलाई भने होटेलमा नै पठाउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार :
पोखराको शान्ति स्तुप नजिकै नगर माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर