जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पृथ्वीचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु , छोरी घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छ्न ।

पोखरा–९ बसपार्कमा ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका चाउथेका ५३ वर्षीय शिवराज कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालक नुवाकोटका ३७ वर्षीय प्रकाश अधिकारीलाईलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।