जन्मभुमि खबर ,
पोखरा ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । अदालतका अनुसार मुद्दाको दर्ता नम्बर ०८१-C1-0572 रहेको छ । श्रेष्तेदार आचार्यका अनुसार अभियोजन पुरक भएपनि मुद्दा भने नयाँ नम्बरमा दर्ता गरिएको हो ।