जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलि गण्डकी प्रदेशमा विदा दिने सरकारको निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

यसअघि प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेशसभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।