जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

काठमाडौंको शंखरापुर–५ कात्तिकेमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ। सुन्दरीमाई यातायातको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराका अनुसार चाबहिलस्थित एसएस एकेडेमीका बिद्यार्थी सो बसमा सवार थिए। दुर्घटनामा ४३ जना घाइते भएका छन्।

साँखु नगरकोट सडकमा सो दुर्घटना भएको हो । बस सिन्धुपाल्चोकका मनिष माझीले चलाएका थिए। सुन्दरीमाई यातायातको सो बस सो स्कुलले रिजर्भमा चलाएको थियो।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकै १४ वर्षीया शुशा‌ङ्का डोटेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।