जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्ड कप : नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिसले चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

पुलिसलाई जित दिलाउन सञ्जीव लामाले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफमा बराबरीमा समाप्त भए पनि सञ्जीवले ५८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए । मोफसल के सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा गोल्डकपको २४औँ संस्करण आइपुग्दा यो २५० औँ खेल हो ।

जितसँगै फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका निम्ति आगामी शनिबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ ।