जन्मभुमि खबर ,
पोखरा
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
धेरैवटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका कारण बेलुन पड्केका हुन् । अर्थ तथा उपप्रधानमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको छ भने मेयरको गालामा आगोको झिल्काले छोएको छ । उनलाई तत्कालै फिस्टेल अस्पताल लगिएको छ ।